देशभर मनसुनी प्रभाव : पहाडी भेगमा भारी वर्षाको सम्भावना
नुवाकोट ।हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनी प्रभावका कारण देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जानकारी दिइएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हाल हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमानअनुसार आज दिउँसो पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।
देशका पहाडी भूभागका केही स्थानहरूमा र अन्य भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, पहाडी क्षेत्रका एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपात हुन सक्ने सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना पनि महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षा पनि हुन सक्नेछ।
भारी वर्षाका कारण नदीको जलस्तर बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहने हुँदा जनस्वास्थ्य, कृषि, जनजीवन, यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने सम्भावना रहेको भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित
प्रदेशलाई संघ सरकारबाट अड्चनै अड्चन
नुवाकोट, रसुवा धादिङका बस अब बसपार्कबाट मात्रै छुट्ने
नुवाकोटको बुद्धभुमी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि थपियाे
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया