त्रिशुलीमा हाम फालेकी महिलाको खोजी कार्य सुरु
विदुर खबर
२०८२ असार १२ गते १७:४२

नुवाकोट । धादिङको गल्छी गाउँपालिका–१ स्थित छाङगेश्वर मन्दिर नजिकै त्रिशुली नदीमा हाम फालेकी एक महिलाको खोजी कार्य सशस्त्र प्रहरीले सुरु गरेको छ।

स्थानीय स्रोतका अनुसार, सोही ठाउँकी अन्दाजी ५६ वर्षीया साईली गिरी बुधबार बिहान करिब पौने ९ बजे त्रिशुली नदीमा हाम फालेकी थिइन्।
उनी बेपत्ता भएपछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) बिरेन्द्र कुमार मण्डलको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।
हाल नदीमा तीव्र वहाव रहेकाले खोजी कार्यमा चुनौतीहरू देखिए पनि टोली निरन्तर खोजीमा लागेको जनाएको छ। थप जानकारी आउन बाँकी छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया