मेयर कप क्रिकेट : विदुर ७ क्वाटरफाईनल प्रवेश
नुवाकोट । विदुर ७ प्रथम विदुर मेयर कप वडा स्तरीय क्रिकेट प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको छ ।

सोमवार आफ्नो दोस्रो खेलमा विदुर ८ लाई ५ रनले पराजित गर्दै विदुर ७ दुई अंकका साथ समुह बि बाट उपविजेता हुँदै क्वाटरफाईनल प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको विदुर ७ ले निर्धारित २० ओभरमा १० विकेट गुमाउँदै १२० रन बनाएको थियो । उसका लागि खेलको म्यान अफ दि म्याच समेत रहेका सुवास भण्डारी सर्वाधिक ४१ रन बनाए भने नारायण प्याकुरेलले २१ र अनुप नेपालले ११ रनको योगदान गरे ।
बलिङतर्फ विदुर ८ को लागि प्रकाश माझिीले तीन विकेट लिए । यस्तै आशिष नेपाल, कुमार गजुरेल र समिन मियाँले सामान दुई विकेट लिए ।
जवाफमा १२१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको विदुर ८ ले १९.४ ओभरमा सबै विकेट बनाउँदै ११५ रन मात्र बनाउन सक्यो । विदुर ८ का लागि सुजल श्रेष्ठले ३२ र रिजन ढकालले २१ रन बनाए ।
बलिङतर्फ विदुर ७ का सुवास भण्डारीले तीन विकेट लिए । यस्तै अनुप नेपाल र हरिहर सुवेदीले दुई विकेट चट्काए ।
प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेको विदुर ७ ले सेमिफाईनल प्रवेशको लागि विदुर १२ सँग बुधवार प्रतिष्पर्धा गर्नेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया