बागलुङमा जीप दुर्घटना : दुई जनाको मृत्यु, १२ घाइते

विदुर खबर २०८२ जेठ ३१ गते १९:१८

नुवाकोट । बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

Advertisement

दुर्घटनामा १२ जना घाइते भएका छन् । बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ नम्बरको जिप आज साँझ ५ः४५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए । अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उनको भनाइ छ । जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताए ।

Advertisement

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार छ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छ भने दुई वटा शव सङ्कलन भइरहेको छ ।

प्रतिक्रिया