विदुर मेयर कपको लागि वडा नं ४ को खेलाडी छनोट
नुवाकोट । आगामी जेठ २९ गतेदेखि शुरु हुने ’प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको लागि वडा नम्बर ४ ले खेलाडी छनोट सम्पन्न गरेको छ ।

आईतवार एक छनोट प्रतियोगिता गरि वडाबाट खेल्ने खेलाडीहरुको टुङ्गो लगाइएको वडाध्यक्ष निलमबाबु ढुङ्गेलले जानकारी दिए ।
छनोट भएका खेलाडीहरुमा रोशन कुमार खड्का, आयुस अधिकारी, हिमन रिमाल, किशोर अर्याल, प्रविन केशी र विकास लामिछाने रहेका छन् । यस्तै छनोट भएका अन्य खेलाडीहरुमा अनुप श्रेष्ठ, सनीस अधिकारी, संस्कार मिश्र, सुजित रन्जित, रमेश गिरी, सौजन अधिकारी, श्रीकृष्ण आचार्य र सुरज गिरी रहेका छन् ।
टिमको प्रशिक्षकमा विराटमान सिं डंगोल रहेका छन् भने म्यानेजरमा रघुनाथ रिमाल रहेका छन् ।
विदुर नगरपालिकाको आयोजना तथा नुवाकोट क्रिकेट संघको सहकार्यमा हुन लागेको प्रतियोगिता विदुर ५ पिपलटारमा रहेको चन्द्र्रज्योती माविको खेल मैदानमा हुने बताइएको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पार्नेछ भने दोस्रो हुने टिमले २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राीत गर्ने विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया