नावालिकालाई जबरजस्ती करणी गर्ने चार जना पक्राउ
नुवाकोट । उदयपुको कटारी नगरपालिका वडा नं ४ गबुवामा शुक्रवार राती एक १४ वर्षीय नावालिकालाई जबरजस्ती करणी गरेको आरोपमा कटारी इलाका प्रहरी कार्यालयले ४ जनालाई पक्राउ गरेको बुझिएको छ ।

यस घटनाका बारेमा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक कमल बजगाईले अत्यन्त गरिब परिवारकी कटारी ४ की एक नावालिकालाई मादक पदार्थ सेवन गराएर ४ जना युवाहरुले जबरजस्ती करणी गरेको भन्ने उजुरी शनिवार कार्यालयमा प्राप्त भएपछि आवश्यक अनुसन्धान पश्चात् जबरजस्ती करणी गर्ने युवाहरु पक्राउ गरिएको बताए ।
नावालिकालाई मादक पदार्थ खुवाएर जबरजस्ती करणी गरेर युवाहरु आ आफ्नोघर गएको र नावालिका पनि आफन्तकोमा बसेर विहान घर गएपछि घटनाका बारेमा अभिभावकलाई जानकारी दिएपछि इलाका प्रहरी कार्यालयमा उजुरी दिएको प्रनाउ बजगाईले बताए ।
प्रनाउ बजगाईका अनुसार साथीहरुको चिनाजानीको माध्यमबाट युवाहरुको सम्पर्कमा पुगेकी नावालिकाको घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र आर्थिक प्रलोभनमा पारेर घटना भएको हुन सक्छ ।
सो घटनामा संलगन भएको आरोपमा प्रहरीले कटारी ४ गबुवाबाट वर्ष २५ को सुजन भन्ने राजकुमार तामाङ, सोही ठाउँका वर्ष २० को नवीन श्रेष्ठ,वर्ष २० कै जीव्न तामाङ, र वर्ष १९ को तर नाम नखुलाइएको अर्का एक युवा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
पक्राउ परेका ४ जनालाई आइतबार उदयपुर जिल्ल अदालतबाट ७ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख बजागाईले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया