सरोकारवाला भन्छन् : च्वाडीमा रंगशाला बनाउँदा विद्यालयको हितमा बनाऊ

विदुर खबर २०८२ वैशाख ३० गते १२:५८

नुवाकोट । नुवाकोटको विदुर ५ मा रहेको च्वाडी पब्लिक माविमा निर्माण हुने भनिएको बाग्मति प्रदेशस्तरीय क्रिकेट रंगशाला निर्माण गर्दा विद्यालयको हित हुने गरि निर्माण गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

Advertisement

शनिवार आयोजित रंगशाला निर्माणको थालनी कार्यको लागि आयोजित बृहत छलफल तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै सरोकारवालाहरुले विद्यालयको सर्वाेपरि हितमा रहेर मात्र रंगशाला निर्माण गर्न दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले विद्यालयको हितभन्दा वाहिर गएर रंगशाला निर्माण हुन नदिने प्रतिवद्धता व्यक्त गरे । वडाध्यक्ष न्यौपानेले विद्यालयको प्राकृति स्रोतका दुरुपयोग नभई सदुपयोग गर्दै रंगशाला निर्माण गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयको स्रोतमाथि विद्यालयको मात्र अधिकार रहने भएको उच्चस्तरीय अनुगमन समिति बनाएर काम गर्न सकिने बताए ।

Advertisement

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनालले रंगशाला निर्माणको लागि विद्यालयले ९० रोपनी जग्गा दिनुपर्ने बताए । उनले विद्यालयको जग्गामा रंगशाला निर्माण गर्दा आएको प्राकृतिक स्रोतहरु विद्यालयकै हुने बताए । उनले विद्यालयको जग्गामा धेरै वालुवा रहेको भन्दै उत्खनन भएको वालुवा वढाबढ मुल्यमा विक्री गरिने भएकोले दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

यस्तै विद्यालयका प्रध्यानाअध्यापक गणेश कुमालले विद्यालयमा क्रिकेट रंगशाला निर्माण हुँदै गर्दा विद्यालय र समुदायले पाउने लाभको वारेमा घनिभुत छलफल हुनुपर्ने बताए । उनले विद्यालयमा भएका विविध खनिज पदार्थको कुन तरिकाले विद्यालयले प्रयोग गर्न सक्छ भन्ने पहिले नै प्रष्ट हुनुपर्नै बताए ।

Advertisement

यस्तै कार्यक्रममा नुवाकोट आर्दश बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख जितेन्द्र अर्यालले रंगशाला निर्माण गर्दा वलियो समिति बनाइ रंगशाला निर्माण गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयमा ठुलो लगानीमा प्रदेशस्तरीय रंगशाला निर्माण हुने सवालमा आयोजित छलफलमा नगरको नेतृत्व उपस्थित नहुनु शंकाको विषयको बनको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निर्वतमान सदस्य राजकुमार अर्यालले क्रिकेट रंगशालाको निर्माण हुँदा नामाकरण स्व. लालबहादुर स्मृति क्रिकेट रंगशाला हुनुपर्ने बताए । उनले विद्यालयको जग्गामा रंगशाला निर्माण हुँदै गर्दा त्यहाँबाट आएको वालुवा र रुखहरुमा विद्यालयकै सम्पत्ति हुने भन्दै अक्षय कोष बनाएर राख्नुपर्ने अन्यथा रंगशाला निर्माण हुन नदिने बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा समाजसेवी रामहरि घिमिरे, नेपाली कांग्रेस विदुर नगर कमिटिका सचिव सुजन गजुरेल, पिपलटार फुटवल क्लबका अध्यक्ष उद्धप पनेरु, वडा सदस्य विनोद चित्रकार, स्थानिय उत्तम ढकाल लगायतले विद्यालयमा क्रिकेट रंगशाला बनाउन दिनुपर्ने तर रंगशाला निर्माण गर्दा विद्यालयको हितमा हुनुपर्ने बताए ।

उनीहरुले विद्यालयमा क्रिकेट रंगशाला निर्माण हुँदै गर्दा स्थानियलाई विभिन्न लाभ हुने भन्दै सरोकारवाला निकायहरुसँग समन्वय गरेर अघि बढुन सुझाव दिए ।

कार्यक्रममा नुवाकोट क्रिकेट संघका कोषाध्यक्ष तथा पुर्व विद्यार्थी राजेन्द्र गजुरेलले विद्यालयमा रंगशाला निर्माण हुनु सकरात्मक काम भएको बताए । उनले आफ्नै ठाउँमा क्रिकेट रंगशाला निर्माण हुन लागेकोले सबै सरोकारवालाहरुले साथ दिनुपर्ने बताए ।

निर्माण हुन लागेको रंगशालाको लागि विदुर नगरपालिकाले यस वर्ष २५ लाख रुपैयाँ छुट्टाएको छ । जुन निर्माण कार्यको लागि ठेकेदार कम्पनि छनोट समेत भइसकेको छ ।

कार्यक्रममा सहभागीहरुले ढिलो गरेर सार्वजनिक सुनुवाई गरेको भन्दै असन्तुष्टि समेत व्यत्त गरेका थिए । उनीहरुले विद्यालयमा क्रिकेट रंगशाला निर्माणको लागि पहिले नै बजेट सुनिश्चित हुनुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया