रासेकस नुवाकोटको अध्यक्षमा उदय रानामगर चयन

नुवाकोट । राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा उदय बहादुर रानामगर चयन भएका छन् ।

शनिबार नुवाकोटको ककनीमा भएको साधारणसभाले रानामगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वारोध निर्वाचित गरेको हो ।
साधारसभाबाट वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, कोषाध्यक्षमा कृष्णराज खतिवडा र सहसचिवमा विनोद न्यौपाने चयन भएका छन् ।
यस्तै सदस्यहरूमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक चयन भएका छन् ।
यसअघि कार्यसमितिको उपाध्यक्षमा भएको कृष्ण पुडासैनी र सचिव रहेका केशर पण्डित पदाधिकारीमा युवाको प्रतिनिधित्व गराउन भन्दै कार्यसमिति सदस्यमै बसेका छन् ।
समाजले राष्ट्रसेवामा प्रवेश गरेका रूपा तामाङ, कृष्ण देवकोटा, रेशम तामाङ, रामचन्द्र कोइराला, डा सौरभ श्रेष्ठ, रामप्रसाद अधिकारी र सूर्यबहादुर तामाङलाई सम्मान गरेको छ ।
त्यस्तै बढुवा भएका जंगबहादुर अर्याल, डा मनोज केसी, पार्वती तामाङ, पारस पण्डित र राजु प्याकुरेललाई पनि सम्मान गरेको छ । यस्तै सेवा निवृत भएका वद्रीप्रसाद अर्याल, ज्ञानबहादुर अधिकारी, होमनाथ थपलिया र यादव गजुरेललाई पनि सम्मान गरेको छ ।
साधारणसभाले ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा डा केदारनरसिंह केसी, रूद्रसिंह तामाङ, तुलसीप्रसाद सिटौला, रामप्रसाद थपलिया, पुष्पराम केसी, डा मनोज केसी, सुदर्शन भण्डारी, बासुदेव गुरागाई, जंगबहादुर अर्याल रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया