रासेकस नुवाकोटको अध्यक्षमा उदय रानामगर चयन
नुवाकोट । राष्ट्र सेवक कर्मचारी समाज नुवाकोटको अध्यक्षमा उदय बहादुर रानामगर चयन भएका छन् ।

शनिबार नुवाकोटको ककनीमा भएको साधारणसभाले रानामगरको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वारोध निर्वाचित गरेको हो ।
साधारसभाबाट वरिष्ठ उपाध्यक्षमा नवराज ढकाल, उपाध्यक्षमा सन्तु श्रेष्ठ, सचिवमा राजुप्रसाद प्याकुरेल, कोषाध्यक्षमा कृष्णराज खतिवडा र सहसचिवमा विनोद न्यौपाने चयन भएका छन् ।
यस्तै सदस्यहरूमा कृष्ण पुडासैनी, केशरबहादुर पण्डित, नमराज सापकोटा, नारायण श्रेष्ठ, रूपा तामाङ, विमोचन भण्डारी, इन्द्रबहादुर पाण्डे, श्यामलाल श्रेष्ठ, कृष्ण गिरी, दिनेश भट्टराई र अर्जुनराज पाठक चयन भएका छन् ।
यसअघि कार्यसमितिको उपाध्यक्षमा भएको कृष्ण पुडासैनी र सचिव रहेका केशर पण्डित पदाधिकारीमा युवाको प्रतिनिधित्व गराउन भन्दै कार्यसमिति सदस्यमै बसेका छन् ।
समाजले राष्ट्रसेवामा प्रवेश गरेका रूपा तामाङ, कृष्ण देवकोटा, रेशम तामाङ, रामचन्द्र कोइराला, डा सौरभ श्रेष्ठ, रामप्रसाद अधिकारी र सूर्यबहादुर तामाङलाई सम्मान गरेको छ ।
त्यस्तै बढुवा भएका जंगबहादुर अर्याल, डा मनोज केसी, पार्वती तामाङ, पारस पण्डित र राजु प्याकुरेललाई पनि सम्मान गरेको छ । यस्तै सेवा निवृत भएका वद्रीप्रसाद अर्याल, ज्ञानबहादुर अधिकारी, होमनाथ थपलिया र यादव गजुरेललाई पनि सम्मान गरेको छ ।
साधारणसभाले ९ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । जसमा डा केदारनरसिंह केसी, रूद्रसिंह तामाङ, तुलसीप्रसाद सिटौला, रामप्रसाद थपलिया, पुष्पराम केसी, डा मनोज केसी, सुदर्शन भण्डारी, बासुदेव गुरागाई, जंगबहादुर अर्याल रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया