टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
विदुर खबर
२०८१ चैत १ गते ८:५७
नुवाकोट । काठमाडौंको तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङको मृत्यु भएको हो ।
टिपरले आज बिहान साढे ४ बजे तीनकुनेको गैरीगाउँस्थित प्रेट्रोल पम्प अगाडिको सडकमा मोटरसाइकललाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट सुकराम र रमेश घाइते भएका थिए । उनीहरुलाई उद्धार गरी ट्रमा सेन्टरमा पुर्याइएको थियो । उपचारकै क्रममा बिहान उनीहरुको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
ठक्कर दिने टिपरका चालक फरार रहेका छन् । टिपरको मालिक भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया