खुले कार्यालय, भएन चहलपहल
नुवाकोट कार्तिक ६, दशैँको बिदा सकिएर आइतबारदेखि नै सरकारी कार्यालय खुले पनि कर्मचारी र सेवाग्राहीको चहलपहल बढ्न सकेको छैन । दशैँ मान्न उपत्यका बाहिरिएका मानिस क्रमशः आउन थालेपछि राजधानीमा चहलपहल शुरु भए पनि कार्यालयहरु भने अझै सुनसान छन् ।
राजधानी आएका मानिस पनि टीका–जमरा लगाएर परिवारका साथ हिँडेको देख्न सकिन्छ । धेरै कर्मचारी बिदा लिएर बसेका छन् । कार्यालय आउने कर्मचारी पनि टीका लगाउन बाँकी छ भन्दै चाँडै नै हिँड्ने गरेका छन् । लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरमा ७० कर्मचारी छन् । छ जनाले बिदा स्वीकृत गराएर बसेका छन् भने पाँच जनाले मौखिक रुपमा बिदा मागेर बसेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताउनुभयो । विभिन्न निकायले गर्ने परीक्षाका लागि पाँच जना अधिकृतस्तरका कर्मचारी घरपायक पर्ने गरी काजमा खटिएको उहाँले बताउनुभयो ।
आयोगका कोठाकोठा घुम्दा भने कर्मचारी भएको पाउन मुस्किल थियो । सिंहदरबार वैद्यखानामा ४८ कर्मचारी छन् । घर टाढा भएका १३ जनाले बिदा लिएर बसेको प्रशासकीय अधिकृत रुन्धताकुमारी खरेलले बताउनुभयो । कार्यालयमा आएर छिटै हिँड्ने कर्मचारीको सङ्ख्या धेरै रहेको छ । कार्यालयमा स्थलगत रुपमा अनुगमन गर्ने हो भने प्रायः सबै कोठा खाली भेटिन्छन् । कर्मचारी फेला पार्न मुस्किल छ । वैद्यखानामा कार्यरत मनोज झा सार्वजनिक यातायातको अभावले गर्दा टीकाको भोलिपल्टै आउन मुस्किल भएको बताउनुहुन्छ । सवारी पाएर आए पनि बाटोमा सवारीको चापले गर्दा धेरैलाई दुःख दिएको छ । वैद्यखानाका निमित्त प्रमुख डा हरिदेवप्रसाद यादव अधिकांश कार्यालयमा आउने कर्मचारी चाडपर्वका बेला भागेर लुकेर हिँड्ने गरेको अनुभव सुनाउनुहुन्छ ।
कार्यालय भ्याउन जनकपुर घर भएका आदित्य ठाकुरले परिवारलाई उतै छोडेर आउन बाध्य हुनु परेको बताउनुभयो । परिवारका सबै जनालाई गाडीमा सिट नपाएपछि एक्लै आउनु परेको उहाँको गुनासो थियो । काठमाडौँ उपत्यका विकास प्राधिकरणमा भने आइतबार एक जना पनि कर्मचारी प्रवेश गरेनन् । सोमबार दुई जना सेवाग्राही काम लिएर आएको प्रवक्ता केशवप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सेवाग्राही नआए पनि आज केही कर्मचारी कार्यालय रुँगेर बसेको देखिन्छ ।
प्रवक्ता न्यौपाने सरकारले बिदा प्रणालीमा नै परिवर्तन गर्नुपर्ने बताउनुहुन्छ । सबैजसो मन्त्रालय रहेको सिंहदरबार परिसरभित्रको अवस्था पनि फरक छैन । कुनै पनि मन्त्रालयमा जानकारी दिने अधिकारी भेट्न सकिएन । बिदासम्बन्धी निर्णय गर्ने गृह मन्त्रालयको बा१ग २२३६ नंको बस कार्यालय समय सकिएपछि नौ जना कर्मचारी मात्र लिएर निस्केको थियो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी घर टाढा भएका कर्मचारी बिदा लिएर बसेको हुनसक्ने बताउनुहुन्छ । कार्यालय खुलेपछि हाजिर हुनुपर्ने उहाँको भनाइ छ । सार्वजनिक बिदा कटौती गर्दा सबैले स्वागत गरेको प्रवक्ता सुवेदीले स्मरण गराउनुभयो ।
सेवाग्राही नआए पनि कार्यालय खुल्दा बढी खर्च नलाग्ने मन्त्रालयले जनाएको छ । नेपालीको महान् पर्व दशैँ मनाउन पहिले दुर्गा पक्षका १५ दिन नै बिदा दिने चलन थियो । पछि काटेर १० दिनमा झारियो । यसै वर्षदेखि सरकारले यस पर्वका अवसरमा चार दिन मात्र बिदा दिएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया