पौने चार किलो सुनसहित ४ पक्राउ
विदुर खबर
२०८१ फागुन १६ गते ७:४६
नुवाकोट । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ किलोग्राम ७ सय ४५ ग्राम सुनसहित ४ उज्ज्वेकिस्तानका नागरिकलाई पक्राउ गरेको छ ।

बुधबार राति दुबईबाट फ्लाइ दुबईको उडानमार्फत आएका ३ महिला र एक जना पुरुषले मलद्वारमा लुकाएर ल्याएको उक्त सुन विमानस्थलको सुरक्षामा खटिएको नेपाल प्रहरीको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा फेजिभा साउदत, अख्मेदोभा उमेदा, की मारिफालिभा दिलफुजा र तुरसुनोभ सारदोर रहेका छन् । घटनाबारे थप अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरू नेपालमा केही दिन बसेर भारततर्फ जाने तयारीका साथ नेपाल आएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया