आजको मौसम : हल्का हिमपातको सम्भावना
नुवाकोट । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
कोशी प्रदेशमा आज प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।
तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यस्तै आज राति प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।
आज मधेश प्रदेशमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। त्यस्तै बागमती प्रदेशमा आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ भने तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।
त्यस्तै गण्डकी प्रदेशमा आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ। पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ।
त्यसै गरी लुम्बिनी प्रदेशमा आज पहाडी र तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेश र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
साथै बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
१० केजी गाँजासहित एक जना पक्राउ
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
आज हरि बोधिनी एकादशी : घरमा रोपिएको तुलसीलाई दामोदरसँग विवाह गरिँदै





प्रतिक्रिया