चौथो एनयुएफसी कप फुटबल प्रतियोगिता हुने

 नुवाकोट । चौथो एनयुएफसी फुटबल प्रतियोगिता आगामी पुष १ गतेदेखि हुने भएको छ ।
नुवाकोट । चौथो एनयुएफसी फुटबल प्रतियोगिता आगामी पुष १ गतेदेखि हुने भएको छ ।
नुवाकोट युनाइटेड फुटवल क्लबको आयोजनामा हुने अन्तर विद्यालय जिल्लास्तरीय प्रतियोगितामा छात्र र छात्रा दुई विधामा प्रतियोगिता संचालन गर्न लागेको क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।
प्रतियोगितामा सहभागिताको लागि विद्यालयले विद्यार्थीको इमिस कोडसहित यहि मङ्सिर २७ गते बिहिबारसम्म समुह दर्ता गराउनुपर्ने छ ।
प्रतियोगितामा सहभागिताको लागि छात्रतर्फ ६ हजार र छात्रातर्फ को ४ हजार रुपैँया दर्ता शुल्क तोकिएको छ ।
प्रतियोगिताको विजेता र उपविजेताले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त बताइएको छ । छात्रतर्फको विजेताले ३० हजार र छात्रातर्फ १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै, उपविजेता छात्रतर्फ १५ हजार र छात्रातर्फ ७ हजार ५०० रुपैँया रहेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलरक्षक, स्कोरर र उत्कृष्ट प्रशिक्षकले नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।
यसअघि गतवर्ष सम्पन्न भएको तेस्रो संस्करणको उपाधि छात्रतर्फ जेडि बोर्डिङ र छात्रातर्फको उपाधि भैरवी माविले हात पारेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया