क्रसर व्यवसायी महासंघको सह–कोषाध्यक्षमा नुवाकोटका श्रेष्ठ निर्वाचित
नुवाकोट । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको सह–कोषाध्यक्षमा नुवाकोटका विनोद राज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
शनिवार महोत्तरीको बर्दिवासमा आयोजित दशौं र एघारौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट नु्वाकोटको वर्डस्टोन क्रसरका संचालक तथा पुर्व अध्यक्ष श्रेष्ठ सह–कोषाध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै महासंघको अध्यक्षमा पुनः सीताराम न्यौपाने निर्विरोध चुनिएका छन् । न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चुनिएको उपाध्यक्ष मिनबहादुर शाहीले जानकारी दिए ।
पदाधिकारीसहित कार्यसमिति सदस्यहरुको कार्यकाल तीन वर्षको हुन्छ ।
महासंघको अध्यक्षमा पुनः चुनिएसँगै न्यौपानेले क्रसर व्यवसायका अधिकांश समस्याहरू अघिल्ला तीन वर्षहरूमा सरोकारवाला निकायलाई अवगत गराएको र अगामी तीन वर्ष त्यस्ता समस्याहरू समाधान गर्न थप मिहिनेत गर्ने बताए ।
साधारण सभा तथा महाधिवेशनमा देशभरबाट करिब ७८० जना प्रतिनिधिहरुको सहभागिता थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया