नुवाकोटमा जुवाको खालसहित वडा सदस्य पक्राउ
नुवाकोट । नुवाकोट प्रहरीले विदुर ५ को ठुलोगाँउवाट कौडा र नगदसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकालाई प्रहरी हिरासतमा राखिएको छ ।
प्रहरीले लाखौँ रुपैयाँ बरामद गरेको छ भने पक्राउ परेकाहरूलाई हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोट वाट प्रहरी निरीक्षक दीपक घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले विदुर नगरपालिका ५ ठुलोगाँउस्थित एक घर वाट कौडा सहित एक जना जनप्रतिनिधिसहित पांच जना पुरुषलाई पक्राउ गरेको हो ।
नगद हारजित हुने गरी कौडा खेलिरहेको जानकारी आएपछि घरमा छापा मारेर प्रहरी टोलीले ९७ हजार पाँचसय रुपैयाँसहित नुवाकोटकै पाँच जना युवकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पक्राउ परेकाहरूबाट प्रहरीले नगद बरामद गरेको जनाएको छ ।
उक्त स्थान वाट प्रहरीले विदुर ५ का वडा सदस्य होमबहादुर कुमालसहित पाँच जनालाई नगद र काौडासहित नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए । उनका अनुसार प्रहरीले कानुनले प्रतिबन्धित गरेका जुवा तास तथा कौडा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।
आरोपितहरुविरुद्ध म्याद थप गरेर मुद्दा अघि बढाउने प्रहरीको तयारी छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी महल अनुसार कारबाही गरिने जनाइएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । चाडपर्वका समयमा लुकिछिपी जुवा तास खेलाउने क्रम बढिरहेको प्रहरीमा उजुरी आइरहेको नुवाकोट प्रहरीको भनाई छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया