धादिङका ५२ एम्बुलेन्स मापदण्ड विपरीत सञ्चालन
नुवाकोट । सरकारले एम्बुलेन्स सञ्चालनको लागि मापदण्ड बनाएको छ । सरकारले कानुन बमोजिम बनाएको एम्बुलेन्स सञ्चालनको मापदण्ड पालना नगरेमा कानुन बमोजिम कारबाहीको व्यवस्था समेत गरेको भएपनि धादिङमा निर्बाध रुपमा यस किसिमका ५२ एम्बुलेन्स सञ्चालन भइरहेको छ ।
सरकारी मापदण्ड अनुसार सबै एम्बुलेन्समा अनिवार्य रुपमा जिपिएस जडान गर्नुपर्ने व्यवस्था छ । धादिङमा सञ्चालनमा रहेको रुबीभ्याली गाउँपालिका र नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गरेको एम्बुलेन्समा मात्र जिपिएस जडान गरी नवीकरण समेत गर्दै आएको छ ।
२ वर्ष अघि बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ४२ ओटा धादिङका एम्बुलेन्समा जिपिएस राखिएको थियो । हरेक वर्ष गर्ने नवीकरण एम्बुलेन्स सञ्चालक आफैँले गर्नु पर्ने हुन्छ तर निजी एम्बुलेन्स ल्याएर बाबुआमाको नाममा प्रतिष्ठान नाम राखेर सञ्चालन गरिएका र अन्य एम्बुलेन्स कसैले पनि जिपिएस राखेको जानकारी नभएको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तोया छत्कुलीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति सदस्य सचिव रहने व्यवस्था छ ।
अब एम्बुलेन्स जिल्लामा “क” र “ख” वर्गकाे मात्र एम्बुलेन्स सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख भएपनि धादिङमा हाल एम्बुलेन्स व्यवस्थापन समितिको कार्यालयमा रहेको अभिलेख अनुसार ५२ ओटा एम्बुलेन्स हाल सञ्चालनमा आएर पनि ग वर्गमा रहेका छन् । हरेक वर्ष नवीकरण गर्नु पर्ने र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिबाट सिफारिस लिनुपर्ने भएपनि हालको तिन वर्षमा कुनै पनि एम्बुलेन्सहरू नवीकरण गर्न नआएको सचिवालयको जिम्मेवारी सम्हाल्नु भएका छत्कुलीको भनाइ छ ।
६८ ओटा एम्बुलेन्स अभिलेख रहेको धादिङ जिल्लामा ८ ओटा हाल सञ्चालनमा नरहेको, ८ ओटा एम्बुलेन्स ख वर्गको रहेको र ५२ ओटा एम्बुलेन्स ग वर्गमा दर्ता भएको र मापदण्ड अनुसार स्तरोन्नति गरी नवीकरण गर्नु पर्नेमा नगरेको पाइएको हो ।
स्वास्थ्य चौकी, धुनी बेसी नगर अस्पताल, गोगनपानी स्वास्थ्य चौकी, थाँक्रे ग्रामीण अस्पताल, रुबभ्यिाली ग्रामीण अस्पताल, धादिङ अस्पताल, अम्बे भरोसा अस्पताल, नेरेसो धादिङले सञ्चालन गरेको एम्बुलेन्स मात्र ख वर्गको छ । तर यि एम्बुलेन्सहरू समेत हरेक वर्ष नवीकरण गर्नु पर्नेमा धेरैजसोले नवीकरणको लागि जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिमा निवेदन समेत दिएका छैनन् ।
यसमध्ये धादिङ अस्पतालले सञ्चालन गरेको एम्बुलेन्स असार ५ गतेदेखि आफैँ बिरामी परेर बसेको छ । एम्बुलेन्स सञ्चालन नभएको असार ५ गते एम्बुलेन्स चालक फेरबदल गरेपछि बुझाबुझरत गर्दा बिग्रिएको अवस्थामा रहेको पाइएको र एम्बुलेन्स मर्मतका लागि कार्यालय प्रमुखले लेखा शाखालाई तोक लगाएको र बजेट खर्च पाउने अवस्था आएपछि व्यवस्थापन गर्ने धादिङ अस्पतालका सूचना अधिकारी डा. राम रिजालले बताए ।
धादिङ अस्पतालको मात्र होइन युनाइटेड सिमेन्ट उद्योगले सञ्चालन गरेको एम्बुलेन्स एक वर्षदेखि बिग्रेर बसेको छ ताल्ती स्वास्थ्य चौकीको एम्बुलेन्स ४ महिनादेखि सञ्चालन गर्न नसकिने गरी बिग्रेको छ ।
सरकारी मापदण्ड र नेपालको कानुन अनुसार सञ्चालनमा आउनु पर्ने मानिसको जीवनसँग सरोकार राख्ने एम्बुलेन्स व्यवस्थापनको काम जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले गर्ने र कानुन विपरीत सञ्चालित एम्बुलेन्सलाई कानुनी दायरामा ल्याएर सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी तथा जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देव पाण्डेले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरमा ‘परिवर्तनका लागि युवा नेतृत्व’ विषयक २ दिने प्रशिक्षण सम्पन्न
रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल





प्रतिक्रिया