संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैनः झा
१२ फागुन, काठमाडौं । राजपा नेपालका एक शीर्ष नेताले संविधान संशोधन नभएसम्म आफ्नो पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।
अध्यक्ष मण्डलका सदस्य अनिल झाले भने, ‘संविधान संशोधन भयो भने मात्र हामी सरकारमा जानेबारे सोच्न सक्छौं । अहिले हामीले सरकारमा सहभागी हुनेबारे केही पनि सोचेको छैन ।’
हिजोको दिनमा संविधान संशोधन गर्नै हुँदैन भन्ने र दुई तिहाई पर्याउन नदिने एमालेले अहिले सरकारको नेतृत्व गरिरहेको उल्लेख गर्दै राजपा नेता झाले भने, ‘हामी त संशोधनको पक्षधर हौं, तर, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली संशोधनको लागि ईच्छुक हुनुहुन्छ कि हुनुहुँदैन ? ‘
एमाले-माओवादीसँगै राजपा र फोरम मिल्यो भने दुई तिहाई बहुमत पुग्ने र संविधान संशोधन हुने उनले बताए ।
नेता झाले भने, ‘हामीलाई सरकारमा जान कुनै हतारो छैन, सरकारमा त्यतिकै सहभागी भयौं भने जनताले के भन्छन् ? संशोधन पक्षधर भएकाले राजपा र फोरमले दायाँबायाँ गर्ने अवस्था छैन ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया