गाईको मासुसहित काभ्रेबाट तीन जना पक्राउ
विदुर खबर
२०८१ वैशाख १८ गते १४:५६
नुवाकोट । धुलिखेल नगरपालिका-१२ ठूलीचौरस्थित ठुलीचौर जंगलमा गाईको हत्या गरी बोरामा मासु ल्याउँदै गरेको अवस्तामा तीन जना पक्राउ परेका छन्।
गाईको हत्या गरी नमोबुद्ध ११ तर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी जिल्ला प्रहरी कार्यालयको टोलीले बोरामा पोको पारी राखेको मासुसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
डिएसपी राजकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ११ जिमिरेका ५६वर्षीय ईन्द्र बहादुर तामाङ, चिल्लेका ३५ वर्षीया शान्ता लामा र झापा घर भइ हाल काभ्रे डाँडा कटेरी माइती घर बस्दै आएकी ३६ वर्षीया ठुलीमाया तामाङ रहेका छन्।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया