तान्जानियामा बाढीमा परी १५५ को मृत्यु, सबै क्षेत्र बन्द
नुवाकोट । तान्जानियामा सातादेखिको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १५५ जनाको मृत्यु भएको छ ।
तान्जनियाको सरकारका अनुसार सो बाढी पहिरोमा परी २३६ जना घाइते भएका छन् । प्रधानमन्त्री कासिम मजलिवाले संसदलाई भने कि एल निनो जलवायु ढाँचाले चलिरहेको वर्षाको मौसममा बाढी आएको र सडक, पुल र रेलमार्गहरू ध्वस्त पारेको छ। पुर
“देशका विभिन्न भागमा तेज हावा, बाढी र पहिरोसँगै आएको भारी एल निनो वर्षाले ठूलो क्षति पुर्याएको छ,” मजलिवाले बिहीबार संसदमा भनेका छन् । एल निनो एक प्राकृतिक रूपमा हुने जलवायु ढाँचा हो जुन सामान्यतया विश्वव्यापी रूपमा बढेको गर्मी, साथै खडेरी र भारी वर्षासँग सम्बन्धित रहेको जलबायु
प्रणाली हो ।
‘वर्षाका विनाशकारी हुनुमा मुख्यतया वातावरणीय ह्रासका कारणहरू हुन,’ मजलिवाले भने, ‘वन फँडानी, कृषि र अनियमित पशुधन चराउने जस्ता दिगो खेती अभ्यासका कारण यस्तो भएको हो ।’
वर्षाबाट २ लाखभन्दा बढी मानिस र ५१ हजार घरपरिवार प्रभावित भएको प्रधानमन्त्रीले बताएका छन । बाढीमा परेका विद्यालयहरू बन्द भएका छन् र आपतकालीन सेवाहरूले बाढीको पानीमा फसेका मानिसहरूको उद्धार गरिरहेका छन्।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया