बागमती सरकारबाट बाहिरियो कांग्रेस
नुवाकोट । बागमती प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ ।
सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता तथा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीलाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । २५ पुसमा माओवादी केन्द्रको नेतृत्वमा एमाले र राप्रपाबीचको सरकार बनेको थियो । तर त्यतिबेला केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि कांग्रेससँग गठबन्धन गरेपछि मुख्यमन्त्री जम्कट्टेलले २६ चैत २०७९ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए ।
कांग्रेसबाट २६ चैतमै आर्थिक मामिला तथा योजना मन्त्रालयमा बहादुर सिं लामा र खानेपानी तथा सिँचाइ मन्त्रालयमा तीर्थबहादुर लामा मन्त्री नियुक्त भएका थिए ।
त्यसपछि ७ जेठ २०८० मा वन तथा वातावरण मन्त्रालयमा मसिना खड्का, संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयमा पुकार महर्जन, स्वास्थ्य मन्त्रालयमा उत्तम जोशी मन्त्री नियुक्त भएका थिए । कांग्रेसबाट ७ जेठमै नियुक्त भएका मन्त्री रामकृष्ण चित्रकारलाई मुख्यमन्त्री कार्यालयमा एउटा कार्यकक्ष उपलब्ध गराएर करिब साढे ३ महिना विनाविभागीय राखिएको थियो ।
चित्रकारले १७ भदौमा मात्रै उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका थिए । १२ सदस्यीय प्रदेश मन्त्रिपरिषदमा कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित ४ र नेकपा एकीकृत समाजवादीले २ वटा मन्त्रालय भागबण्डा गरेर सरकार बनाएका थिए । सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टी भने सरकार बाहिरै थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई





प्रतिक्रिया