नुवाकोटमा सामान्य वर्षा
नुवाकोट । यस वर्षको प्रिमनसुन अवधि सुरु भएपछि पहिलोपटक आज नुवाकोटमा बदलीसहित वर्षा भएको छ ।
नुवाकोटमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । प्रिमनसुन अवधिमा स्थानीयस्तरमा प्रणाली विकास भई वर्षा हुने गर्दछ । यसै अवधिमा चट्याङ पनि पर्दछ ।
यस वर्ष गत मंसिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि हिउँदको थियो । हिउँदले बिदा लिए पनि पश्चिमी वायुको प्रभाव अझै केही बाँकी नै रहेको महाशाखाले जनाएको छ ।
मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको र काठमाडौं उपत्यकासहितका केही स्थानमा वर्षा पनि भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रिमनसुन अवधि गत शुक्रबारदेखि नै सुरु भए पनि सक्रिय हुन भने अझै केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविन रोजन लामिछानेले जानकारी दिए । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कर्णाली प्रदेशमा बढी बदली छ । बदली र वर्षाको क्रम आज रातिसम्म कायम रहने पूर्वानुमान छ । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने छ ।
भोलि सोमबारदेखि भने मौसममा क्रमशः सुधार देखिने छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया