निर्माण व्यवसायी श्याम लामाद्धारा विद्यालयलाई ५० हजार रुपैया सहयोग
विदुर खबर
२०८० फागुन ३ गते २१:२२
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ का समाजसेवी तथा निर्माण व्यवसायी संघका कोषाध्यक्ष श्याम लामाले विदुर नगरपालिका वडा नम्बर १२ धारापानीमा रहेको शहिद भरत ढुङ्गाना स्मृति आधारभुत विद्यालयलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
लामाले विद्यालयमा वसन्त पन्चमी (सरस्वती पुजा) को अबसरमा आयोजित सरस्वती पुजा तथा साना नानिबाबुहरुको अक्षरारम्भ कार्यक्रममा नगद ५० हजार रुपैयाँसहित स्टेसनरी सामाग्री उपलब्ध गराएका हुन् ।
कार्यक्रममा बोल्दै समाजसेवी लामाले विद्यालयमा सरस्वती पुजाकै दिन उपस्थित भएर सहायोग गर्न पाउँदा खुशी लागेको बताए । उनले आगामी दिनमा पनि विद्यालयको आवश्यकता अनुसार सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया