धादिङको गजुरीमा सार्वजनिक बिदाको विषयमा अध्यक्ष र उपाध्यक्षको जुहारी
नुवाकोट । धादिङको गजुरी गाउँपालिकामा गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा घोषणा गरेपछि वडाअध्यक्षहरु विवाद गर्न सुरु गरेका छन्।
गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले पालिकाभरि जनयुद्ध दिवस भनेर बिदाको सूचना जारी गरेका छन् । गाउँपालिकाको निर्णय नै नगरी बिदा दिन नुहुने, पालिकामा छलफल नै नभई बिदाको सूचना जारी गर्न नियम विपरित भएकोले सार्वजनिक बिदा नभएको गाउँपालिका उपाध्यक्ष शर्मिला विसुरालले बताए ।
गजुरी गाउँपालिका कार्यपालिकाको बैठक माघ २८ गते बसेको भएपनि फागुन १ गते बिदा दिने विषयमा छलफल नै नभएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष श्रेष्ठले निर्णय अनुसार पालिकाभित्र सार्वजनिक बिदाको सूचना निकालेपछि उपाध्यक्ष विसुरालले माघ २९ गते सार्वजनिक बिदाको खण्डन गर्दै सूचना जारी गरेर सम्पूर्ण सरकारी र गैरसरकारी तथा सार्वजनिक निकाय सञ्चालन गर्न सूचना गरेका हुन् ।
सर्वोच्च अदालतले फागुन १ गते बिदा दिन नहुने फैसला गरेसँगै माघ २९ गृह मन्त्रालयले समेत फागुन १ गते सार्वजनिक बिदा नहुने सूचना समेत जारी गरेको थियो ।
गजुरी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रजाले समेत सूचना जारी गर्दै अदालतभन्दा माथि कोही नभएकोले फागुन १ गते सार्वजनिक बिदा नभएको उल्लेख गरेका छन् ।
गजुरी गाउँपालिका अध्यक्ष नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष शर्मिला बिसुराल र वडा अध्यक्ष प्रजा नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् । गजुरीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित भएका हुन् ।
निर्वाचनपछि जनसरोकारको विषयमा पालिका अध्यक्षले मनोमानी निर्णय गर्ने र विकासका कार्यहरुमा एकलौटी गर्ने गरेको आरोप वडाध्यक्ष तथा उपाध्यक्षको समेत रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया