बागमती प्रदेशमा विकास भन्दा तलब भत्तामा धेरै खर्च
नुवाकोट । चालु आर्थिक वर्षको ६ महिनामा बागमती प्रदेश सरकारको विकास बजेट खर्च निराशाजनक देखिएको छ ।
चालु आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा प्रदेश सरकारको पुँजीगत अर्थात् विकास बजेट खर्च १३ प्रतिशत मात्रै छ । तलबभत्ता र कार्यालय व्यवस्थापनमा भने विकास खर्चको तुलनामा झण्डै दोब्बर खर्च भएको छ ।
बागमती देशका सात प्रदेशहरुमध्ये सबैभन्दा ठूलो आकारको बजेट ल्याउने र बढी आम्दानीको स्रोत भएको प्रदेश हो । बागमती प्रदेशले ६२.७० अर्बको बजेटमा चालुतर्फ २६.०७ अर्ब र पुँजीगततर्फ २१.६६ अर्ब बजेट विनियोजन गरेको थियो ।
तर, विकास बजेट खर्चमा बागमती सुरुवाती वर्ष अर्थात् २०७५/७६ देखि नै कमजोर छ ।
चालु आवको अर्धवाषिर्क रिपोर्टअनुसार सरकारले २६ अर्ब ४५ करोड रुपैयाँ अर्थात २२.६७ प्रतिशत चालु खर्च गरेको छ । त्यस्तै पुँजीगत खर्च ३५ अर्ब ७६ करोड रुपैयाँ अर्थात १३ प्रतिशत गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
आम्दानी भने वाषिर्क लक्ष्यको ३१ दशमलव ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आवमा कूल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य भए पनि १९ अर्ब ८२ करोड ४० लाख ७४ हजार रुपैयाँ अर्थात लक्ष्यको ३१.६१ प्रतिशत आम्दानी गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ
शवबाट गहना लुट्ने पाँच जना नुवाकोटबाट पक्राउ
एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत





प्रतिक्रिया