हिजोका सरकारका कारण अर्थतन्त्रमा समस्या आयो : अर्थमन्त्री महत
नुवाकोट । अर्थमन्त्री डा. प्रकाश शरण महतले यस अघिका सरकारले अनुत्पादक क्षेत्रमा मनलाग्दी काम गरेकाले बजेटरी प्रणाली बिग्रिएको बताएका छन् ।
यस अगाडीका सरकारले स्रोत सुनिश्चितताबिना नै पूर्वाधारको काम अगाडी बढाएकोले अहिलेको समस्या देखिएकोले यसको समबोधन हुनलाई अझै २ वर्ष लाग्ने बताएका हुन् ।
इकोनोमिक मिडिया सोसाइटीले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री महतले यस्तो बताएका हुन् । बजेट नै बिनियोजन नभई स्रोत नै सुनिश्चित नभई पूर्वाधारका काम भएकाले समस्या भएको उनको भनाई थियो । यस अगाडीका सरकारले उधारोमा काम गर्दा अर्थतन्त्रमा समस्या देखिएको उनले दाबी गरे ।
उनले भने ‘स्रोत नै सुनिश्चित नभई अर्वौको ठेक्का लगाउने र काम पनि उधारो मै गर्नेपूर्व सरकारको कारण समस्या देखिएको हो, अहिले म् मिलाउदै छु’। उनले अगाडी भने ‘पूर्व सरकारले गल्ति गरेकाले अहिले त्यसलाई मिलाउदै छु, यो सबै मिलाउन २ वर्ष लाग्छ’।
कोभिडको समस्यामा आवश्यक भन्दा बढी कर्जा लगानी भएकोले शेयरबजार, र घरजग्गा कारोबार बढेको तर त्यो वृद्धि वास्तविक नभएको उनले टिप्पणी गरे । बढी कर्जा परिचालन हुँदाको समस्या अहिले देखिएकोले यसको समस्या समाधान हुनलाई अझै केहि वर्ष लाग्ने समेत उनले बताए ।
अब सबैले बेलैमा करेक्सन हुनुको विकल्प नभएको बताउदै उनले सबैलाई घाँटी हेरेर ऋण लिन र लिएको ऋण तिर्नलाई आग्रह गरे । हिजो आवश्यकता भन्दा बढी कर्जा प्रवाह हुनुमा ऋणी मात्र नभई बैंक र राष्ट्र बैंक पनि उत्तिकै दोषी भएको समेत उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया