काठमाण्डौमा जुवाको खालबाट नुवाकोटका तीनजना समातिए
नुवाकोट । नुवाकोटका तीनजना जना जुवाको खालबाट पक्राउ परेका छन् ।
काठमाण्डौको एक होटलमा छापा मार्दा नुवाकोटका तीनसहित अन्य ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर, टेकुको टोलीले विशेष सूचनाका आधारमा छापा मारेर ११ जना जुवाडेलाई पक्राउ गरेको एसएसपी भुपेन्द्र खत्रीले बताए ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त, लैनचौरबाट समेत खटिएको टोलीले नुवाकोटका कृष्णबहादुर राई, राजु पन्त र शंकर शाहीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा जोरपाटीका अरुण घिमिरे, काभ्रेका हरिबोल खनाल, किशोर अधिकारी, चितवनका दिपक गुरुङ, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेद्दनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङलाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया