शिवपुरीका खड्का पहिरोमा मृत अवस्थामा भेटिए
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मुलावारी बस्ने ३७ वर्षिय सुमन खड्का घरनजिक रहेको पहिरोको बिच भागमा मृत अवस्थामा भेटिएका छन् ।
शिवपुरी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयमा कार्यरत रहेका खड्का आईतवार विहान आफ्नै घरदेखि करिब २०० मिटरको दुरीमा रहेको मुलाबारीको पहिरोको बिच भागमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी शनिवार विहानैदेखि सम्पर्कमा नरहेपछि आईतवार बिहानैदेखि स्थानीय र घरपरिवारको मानिसले खोज्दै जाने क्रममा मृत अवस्थामा फेला परेका थिए ।
खड्का मृत भेटिएपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरी घट्नास्थल पुगेर आवस्यक प्रारम्भिक अनुसंधान तथा कानूनि प्रक्रिया पुरा गरि लाश पोष्टमार्टम गर्न त्रिशुली अस्पताल पठाइएको थियो ।
शव पोष्टमार्टम पश्चात आफन्तले बुझेका छन् । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया