नुवाकोटको बेलकोटगढीमा भिरबाट लडेर एक जनाको मृत्यु
विदुर खबर
२०८० माघ १५ गते २१:००
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकामा आईतवार विहान भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर ८ नम्बर का ५६ वर्षिइ देबिवहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनी वडा नम्बर ८ मै पर्ने चिसापानीको भीरमाबाटोबाट करिब ५० मिटर तल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मृतक कार्की शुक्रवारदेखि नै सम्पर्कमा नआएपछि प्रहरीको टोलीले खोजी गर्ने क्रममा मृत अवस्थामा फेला परेका हुन् ।
मृतक कार्कीको शव पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ भने घटनाको विषयमा थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया