काँग्रेसबाट निर्वाचित वडाध्यक्ष १५ लाख घुससहित पक्राउ
नुवाकोट । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुससहित पक्राउ परेका छन्।
अख्तियारले उनलाई बुधबार राति १५ लाख घुससहित भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो।
घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले बादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।
१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। पक्राउ परेका बादे नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।
बादेलाई विषेश सुराकीका आधारमा पक्राउ गरिएको अख्तियारले जनाएको छ। उनले केहि समय अघि देखि सिफारिस गर्ने क्रममा वार्गेनिङ गर्दै आइरहेको सूचना समेत अख्तियारले पाएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी
विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना
विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार





प्रतिक्रिया