शुभ–प्रभात बचत तथा ऋण सहकारीको १६ औ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ ईन्द्रचोकमा रहेको शुभ–प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारणसभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत अध्यक्ष महेन्द्रलाल श्रेष्ठले आर्थिक वर्ष २०८९÷८० मा सहकारीले सम्पुर्ण खर्च कटाई २५ लाख ७१ हजार ७ सय ४४ रुपैँया नाफा गरेको बताए ।
उनले हाल सहकारीमा ३ करोड २५ लाख ४६ हजार ४ सय ६६ रुपैयाँ मौज्दात रहेकोले लगानी योग्य पूंजीको अभाव नरहेको बताए । उनले सहकारीको आफ्नै भवन निर्माण भइरहेको भन्दै यसै आर्थिक वर्षबाट सहकारीले भवनबाट सेवा प्रवाह गर्ने जानकारी दिए ।
त्यस्तै सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीको आर्थिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷८१ को अनुमानित आय व्यय प्रस्तुत गर्दे देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेकोले सहकारीले कृषि तथा अन्य उत्पादन क्षेत्रमा प्राथमिकता दिएको बताए ।
उनले सहकारीमा तरलताको अभाव हुन नदिन बचत संकलन अभियानलाई तिव्रता दिएको बताए । यस्तै शेयर पूँजी कम भएकोले यसै वर्ष सदस्यहरु बृद्धि गर्ने समेत उल्लेख गरे । सहकारीले आर्थिक वर्ष २०८०÷८१ मा २७ करोड ६६ लाख ३८ हजार रुयैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ ।
साधारणसभामा बोल्दै नुवाकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नारायण श्रेष्ठले जिल्लामा रहेका अन्य सहकारीहरुमध्ये शुभ–प्रभात बचत तथा ऋृण सहकारी संस्था लिमिटेडको वित्तिय सुचक राम्रो रहेको बताए ।
उनले सहकारीले आफ्नो शेयर सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण र हितको लागि सहकारीले अहम भुमिका खेलेको बताए । उनले शुभप्रभात सहकारी जिल्लाको उत्कृष्ट १० सहकारीभित्र रहेको भन्दै खुशी व्यक्त गरे ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया