चोरी गरेको आरोपमा नुवाकोटका तामाङ पक्राउ
नुवाकोट । काठमाडौँको बालकुमारीस्थित एउटा घरबाट २४ लाख रुपैयाँभन्दा बढीको सामान चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले नुवाकोटका एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर ३ का रामवहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । उनीसहित प्रहरीले अन्य ४ जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–३२, बालकुमारीस्थित देवी कृष्ण चौलागाईको डेरामा पुस ४ गते चोरी भएको थियो । कोही नभएको मौका छोपी कोठाको पछाडितर्फ रहेको भ–याङबाट भित्र प्रवेश गरी चोरहरुले बहुमूल्य मुगाका माला, दुई तोला सुनको सिक्री लगायत गरी २४ लाख ८४ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीको भनाइ छ ।
अनुसन्धानपछि प्रहरीले चोरीमा भएको आरोपमा तामाङसहित अन्य ४ जनालाई काठमाडौँको गौरीघाटबाट पुस १२ गते पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्यमा सर्लाही जिल्ला हरिवन नगरपालिका–१ का १९ वर्षीय आकाश थोकर तामाङ, झापा जिल्लास्थित अर्जुनधारा गाउँपालिका–२ निवासी ५१ वर्षीय खेमप्रसाद न्यौपाने, सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका–५ निवासी ३७ वर्षीय राजकुमार थापा भन्ने लवन थापा र उदयपुर जिल्लाको डुम्रे गाउँपालिका–१ निवासी ४० वर्षीय कपिल तामाङ पनि पक्राउ परेका छन् ।
उनीहरुको साथबाट मुगाको माला २४ थान र मोबाइल ६ थान बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया