खड्गभञ्ज्याङ्ग महिला साना किसान कृषि सहकारीको अध्यक्षमा ठकुरि
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ३ सिर्खालीमा रहेको खड्गभञ्ज्याङ्ग महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले सावित्री ठकुरि माझिको नेतृत्वमा नयाँ ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । यस्तै सहकारीको उपाध्यक्षमा चन्द्रावति ढकाल चयन भएकी छिन् भने सदस्यहरुमा दीपा बस्नेत(पण्डित), कल्पना पौडेल, मिरा घिमिरे, लक्ष्मि अमात्य र मेलिना श्रेष्ठ चयन भएको छन् । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा मैना देवि दाहाल, देबकि श्रेष्ठ र गोमा लामिछाने चयन भएका छन् ।
साधारणसभाले अध्यक्ष मैना देवि दाहालको आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका प्रमुख लक्ष्मी अमात्यको लेखा सुपरिवेक्षण प्रतिवेदन, संस्थाका प्रवन्धक चन्द्रकला खतिवडाको प्रतिवेदन पारित गरेको छ ।
वि सं २०७६ सालमा स्थापना भएको सहकारीमा एकसय ३ समुहमा विदुर नगरपलिका वडा नम्बर ३ र ५ का ६ सय १३ किसान सदस्यहरु आवद्ध रहेका छन् । २०८० असार मसान्तसम्ममा सहकारीले१ करोड ४९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
आर्थिक वर्ष २०७९÷८० मा सहकारीले कुल ३ करोड ४ लाख ५ हजार लगानी रहेको गर्दा ४ लाख ३० हजार ९ सय ७१ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सहकारीको असुली दर ९९.७५ प्रतिशत रहेको छ ।
सहकारीको साधारणसभामा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, विदुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बद्री रिमाल , नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखा समिति सदस्य पबित्रा घिमिरे,साना किसान बिकास लघुबित्तीय संस्थाका प्रतिनिधि सुर्य अधिकारी लगायतको उपिस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया