नेपाल जेसीजको अध्यक्षमा नुवाकोटका पोखरेल
नुवाकोट । नुवाकोट जेसीजका पूर्व अध्यक्ष रविन पोखरेल नेपाल जेसीजको अध्यक्षमा विजयी भएका छन् ।
बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल सन् २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन् । ८४ मतान्तरले विजयी बनेका पोखरेलले तीनजना प्रतिस्पर्धी रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरेका हुन् ।
उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।
त्यस्तै कार्यकारिणी उपाध्यक्षमा अनुप सुनुवार, राजाराम गौतम भीमबहादुर कुँवर ,सिनेटर सन्दीप अग्रहरी विजयी भएका छन् । महासचिव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा, कोषाध्यक्षमा खेमराज थापा मनोनित भए भने उपाध्यक्षमा अमर घिमिरे, सौरव श्रेष्ठ, राजन शर्मा पौडेल, सीताकुमारी भण्डारी, एलिना महर्जन, बहादुर तामाङ, स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नवराज उपाध्याय, गणेश सापकोटा, अचुत उप्रेती आयुष निर्वाचित भए । उनीहरूले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकृत नरेशचन्द्र ओझाले जानकारी दिए ।
नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी नाका ६ महिनापछि खुल्यो
देशभर २३ हजार ११२ मतदान केन्द्र तोकियो
प्रमुख दल निर्वाचनमा जान तयार
खड्गभञ्याङ महिला साना किसान कृषि सहकारीको छैटौं बार्षिक साधारणसभा सम्पन्न
नुवाकाेट क्षेत्र नं १ मा प्रचण्डको नाम सिफारिस





प्रतिक्रिया