महिला समुहको भवन निर्माणको लागि खड्काले दिए एकलाख रुपैयाँ
नुवाकोट । नेकपा एमाले नुवाकोटका युवा नेता तथा समाजसेवी शुशिल खड्काले महिला समुहको भवन निर्माणको लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
शनिवार शिवपुरी गाउँपालिका वडा नम्बर ५ नेपानेका क्रियाशिल महिला समुहको भवन निर्माणको लागि खड्काले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
उनले नेकपा एमाले नुवाकोटको अध्यक्ष बद्री मैनालीको उपस्थितिमा एक लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

महिला समुहलाई भवन निर्माण गर्न सहयोग रकम हस्तान्तरण गर्दै खड्का ।
समाजसेवी खड्काले चुनावको समयमा गरेको प्रतिवद्धता अनुसार महिला समुहलाई भवन निर्माणको लागि सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
गत वर्ष मंसिरमा सम्पन्न निर्वाचनमा खड्का नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश क बाट प्रदेशसभा सदस्यको प्रत्याशी रहेका थिए । खड्काले चुनावमा गरेको बाचा पुरा गरिरहे पनि सो क्षेत्रबाट निर्वाचित प्रदेश र संघमा निर्वाचित सांसदहरुले काम गर्न नसकेको स्थानियहरुले गुनासो गरेका छन् ।
यसअघि खड्काले नुवाकोटको विभिन्न स्थानमा रहेका असहाय, गरिव र फरक क्षमता भएका व्यक्तिहरुलाई विविध किसिमको आर्थिक सहयोग गरिसकेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया