आशा लघुवित्तका २ सय कर्मचारीले सामुहिक राजिनामा दिए
नुवाकोट । आशा लघुवित्त वित्तीय सस्थाका करिब २०० कर्मचारीले सामुहिक राजिनामा दिएका छन् ।
विभिन्न ११ बुँदे माग राख्दै उनीहरुले मङ्सिर १ गते सामुहिक राजिनामा बुझाएका हुन् । राजिनामा बुझाउने सबै कर्मचारी साविकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारी हुन् । राष्ट्र उत्थान लघुवित्त र आशा लघुवित्त मर्ज भएपछि आशा लघुवित्तको नामबाट एकिकृत कारोबार भएको हो ।
कर्मचारीहरुले आफुले उठाएका मागहरु पुरा गर्न आलटाल गरी समय लम्ब्याउने, चासो नदिने, आश्वासन मात्र दिने, केही कर्मचारीहरुलाई धमक्याउने जस्ता गतिविधि गरेमा उल्लेखित विषयको लिखित प्रतिबद्धता नगरुन्जेल सम्पुर्ण कार्यालय नखोलिने कर्मचारीहरुले उल्लेख गरेका छन्।
यस आन्दोलनको सहजीकरण गरिरहेका आशा लघुवित्तक कर्मचारी दिपेश बुढाथोकी व्यवस्थापनले आफ्नो माग पुरा नगरेसम्म आफुहरु कार्यालय नजाने र कार्यालय नखोल्ने बताउछन् । उनले अहिलेसम्म राष्ट्र बैंक वा लघुवित्तको व्यवस्थापन बाट कुनै पनि औपचारिक तथा अनुपचारिक छलफल नभएको बताए ।
यस विषयमा राजिनामा दिने कर्मचारीहरुलाई फोन गरेर व्यवस्थापनबाट धम्क्याउने काम भईरहेको उनले गुनासो गरेका छन् । अनुगमन अधिकृतहरुबाट फोन आएको र धम्किपूर्ण भाषा प्रयोग भएको उनको गुनासो छ।
कर्मचारीहरुले सामुहिक राजिनामा दिएको तथा माग राखेको पत्रको बोधार्थ राष्ट्र बैंकमा पनि बुझाएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












प्रधानमन्त्रीले संसदको चरम अपमान गरे : केसी
विदुर खानेपानीद्वारा महसुल बक्यौतामा जरिवाना छुटको घोषणा, समयमा नबुझाए धारा काटिने
अण्डाको मूल्य फेरि बढ्यो
विदुर २ का ६ सय घरधुरीलाई ७० प्रतिशत अनुदानमा विद्युतीय चुलो
अवैध उत्खनन रोक्न गृहमन्त्री गुरुङको कडा निर्देशन





प्रतिक्रिया