पाटन अस्पतालमा दुई बिरामीको एकैचोटि शंकास्पद मृत्यु

नुवाकोट । ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा दुई बिरामीको एकैचोटि शंकास्पद मृत्यु भएको छ ।
अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुईमार्फत औषधि दिएको पाँच मिनेटभित्रै दुवैको मृत्यु भएको बताइएको छ । निमोनियाको उपचार गराइरहेकी ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र निमोनियासँगै कलेजोको समस्याको उपचार गराइरहेका ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पताल प्रशासनका अनुसार मृत्यु भएका नगरकोटी कात्तिक १० मा र राई कार्तिक १६ मा उपचारका लागि अस्पतालको ज्येष्ठ नागरिक वार्डमा भर्ना हुनुभएको थियो । मृत्युपछि आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाही भएको आरोप लगाउँदै आक्रोशित भएका छन् । सो क्रममा उनीहरुले डिउटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुव्र्यहारसमेत गरेको बताइएको छ ।
अस्पतालका मेडिसिन विभागका प्रमुख प्राडा युवराज शर्माका अनुसार दुवै बिरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो । दुवैलाई निमोनियाको गम्भीर संक्रमण भएकाले अक्सिजन दिएर उपचार भइरहेको थियो । नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, उहाँको स्वास्थ्य अवस्था सुधार आउँदै गएकाले अक्सिजनसहित डिस्चार्ज गर्ने तयारी थियो ।
प्राडा शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुन सक्ने बताउनुभयो । उहाँका अनुसार यी दुवै औषधि सुरक्षित र भर्ना भएका बिरामीलाई सबैभन्दा बढी प्रयोग हुने औषधि हुन् । आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो ।
जुन छलफलबाट औषधि परीक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको थियो । सोही अनुसार सो ब्याचको औषधि परीक्षणका लागि पठाइएको प्रा.डा. शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ९० वर्षीया राईका आफन्तले आइतबार नै शव बुझेका छन् भने नगरकोटीको शव भने पोस्टमार्टम लागि अस्पतालमा राखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया