मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड
नुवाकोट । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार आज बिहान एफपीओ बाँडफाँड भएको हो ।कम्पनीको एफपीओमा १३ लाख २० हजार आवेदकले १ करोड ४८ लाख ३१ हजार २८० कित्ताका शेयरका लागि आवेदन दिएका थिए । यीमध्ये जम्मा १२ हजार ३८१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।
२० कित्तामाथि आवेदन दिएका ६ जनाले थप १÷१ कित्ताका दरले शेयर पाएका छन् । अर्का एक आवेदकले ०.४५ कित्ता सेयर पाएका छन् ।
कम्पनीले असोज २५ देखि असोज ३० सम्म एफपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँ दरका १ लाख २३ हजार ८१६ कित्ता एफपीओ निष्काशन गरेको हो ।
नेपाल धितोपत्र बोर्डले असोज ४ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। कम्पनीले संस्थापक र सर्वसाधारणको शेयर अनुपात मिलाउन एफपीओ निष्काशन गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया