सवारी दुर्घटनामा सुर्यगढीका अधिकारीको मृत्यु

नुवाकोट । मोटरसाईकलले ढक्कर दिँदा नुवाकोटको सुर्यगढी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्यगढी गाउँपालिका वडा नम्बर ५ फेदीबेंसीका राजसागर अधिकारी रहेको प्रहरीले जनाएको छ । काठमाडौंकोे चपलीमा आईतवार राती भएको दुर्घटनामा अन्य ३ जना समेत घाइते भएका छन् ।
महाराजगन्ज चक्रपथबाट बुढानीलकण्ठतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२ ०४४ प ०५१३ स्कुटीलाई विपरीत दिशाबाट तीव्र गतिमा आएको बा ९५ प २६०७ मोटरसाइकलले ठक्कर दिँदा अधिकारीको मृत्यु भएको हो । अधिकारी राष्ट्रिय वाणिज्य बैंक एयरपोर्ट शाखामा कार्यरत थिए । उनी नेपालटार बस्दै आएका थिए ।
मोटरसाइकलको ठक्करबाट सख्त घाइते अधिकारीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्ज मृत्यु भएको महानगरीय प्रहरी प्रभाग बुढानीलकण्ठले जानकारी दिएको छ । स्कुटीको पछाडि सवार अधिकारीका साथी घाइते निश्चल दाहालको मोडल अस्पताल बागबजारमा उपचार भइरहेको छ ।
यसैबीच, मृतक अधिकारीका परिवारले मोटरसाइकल चालक ओजस थापाविरुद्ध प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दर्ता गरेका छन् ।
तीव्र गतिमा मोटरसाइकल चलाएर स्कुटीलाई ठक्कर दिँदा दुर्घटना भएको र अधिकारीको ज्यान गएको किटानीसहित परिवारले जाहेरी दर्ता गराएको नेकपा (माओवादी केन्द्र) सूर्यगढी गाउँ संगठन समितिका सचिव पुरुषोत्तम अधिकारीले बताए ।
जाहेरीमा दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया