पार्टीभित्र हुकुमी शासन नचल्ने कांग्रेस नेता अर्जुननरसिंह केशीको भनाई
विदुर खबर
२०७५ असोज ८ गते १२:१०

नुवाकोट असोज ८, नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केशीले पार्टीभित्र हुकुमी शासन नचल्ने बताउनुभएको छ ।
नेता केसीले पार्टीभित्र देखिएका समस्या समाधानमा केन्द्रित हुन नेताहरुलाई आह्वान गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता केसीले पार्टीभित्र देखिएका विविध समस्या समाधानका लागि संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । “सरकार वा अन्य पार्टीबाट आएको चुनौतीभन्दा पनि पार्टीभित्र देखिएको गुट, उपगुट अहिलेको मुख्य चुनौती हो, पार्टीभित्र हुकुमी प्रवृत्ति चल्दैन, निर्वाचनमार्फत सामूहिक नेतृत्वमा जानुपर्छ”, उहाँले भन्नुभयो । नेता केसीले मुलुकमा महँगी, भ्रष्टाचार, महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको र त्यसको अन्त्य गर्नुपर्नेमा जोडदिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटमा बाढीको ताण्डव : बगर बने बस्तीहरू
देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा





प्रतिक्रिया