ईनारपाटी कृषि सहकारीको दशौ वार्षिक साधारणसभा सम्पन्न
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ६ मा रहेको श्री ईनारपाटी कृषि सहकारी संस्था लिमिटेडको दशौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभामा अध्यक्ष भरत सडौलाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई पछिल्लो समय व्यवस्थित गर्दै कम्प्युटर सिस्टमबाट सहकारी संचालन गरिरहेको बताए । उनले वर्षेनी सहकारीले आफ्ना शेयर सदस्य र बचत कर्ताहरुलाई मल, वीउ वीजन र अन्य कृषि उपकरणहरु उपलब्ध गराउँदै आएको समेत उल्लेख गरे ।
त्यस्तै साधारणसभामा कोषाध्यक्ष टंकवहादुर केसीले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन तथा लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ नुवाकोटका लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण श्रेष्ठले सहकारीको पूजी बृद्धि गर्दै बचत संकलन बढाउन आग्रह गरे । उनले सहकारीको केही वित्तिय सुचाङहरुमा समस्या रहेको भन्दै त्यसलाई सच्याउन समेत आग्रह गरे ।
यसैविच ईनारपाटी कृषि सहकारी संस्थाको चौथो अधिवेशनले हरि तिमिल्सनाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया