नुवाकोटको चार स्थानमा यात्रु सहायता कक्ष स्थापना
नुवाकोट । दसैँ तिहारमा यात्रुहरूको सहयोगका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जिल्लाका विभिन्न चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।
दसैँ तिहारसँगै छठ पर्वको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जिल्लाको सदरमुकामसहित चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
प्रहरीले बढी भिडभाड हुने विदुर नगरपालिकाको वडा नम्बर १ ढुङ्गे, बट्टार वसपार्क, ढिकुरे र खरानीटारमा यात्रु सहायता कक्षा स्थापना गरि संचालनमा ल्याएको हो ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र लगायतका बजार क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख राजीव तिवारीले जानकारी दिए । सवारी साधनले बढी भाडा लिने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमाथि हुने अभद्र व्यवहारजस्ता गतिविधि नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको तिवारीले बताए ।
उनले यात्रुहरूको कुनै गुनासो भएमा जिल्ला ट्राफिक प्रहरी कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत आग्रह गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया