माथिल्लो मैलुङले सर्वसाधारणका लागि सेयर खुलाउँदै
विदुर खबर
२०८० असोज ९ गते २०:५०
नुवाकोट । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आम सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ।
कम्पनीले असोज १८ देखि २२ गतेसम्म सेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी एक अर्ब रुपैयाँ छ। यसको १५ प्रतिशत सेयर उसले आम सर्वसाधारणका लागि छुट्याएको छ।
कम्पनीले रोजगारमा गएका नेपाली, प्रभावित वासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीलाई सेयर बाँडफाँट गरिसकेको छ।
सबैलाई बिक्रीपछि आम सर्वसाधारणलाई १२ लाख ८४ हजार २ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो। कम्पनीको सेयरमा कम्तिमा १० र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ।
कम्पनीले १४.३ मेगावाट क्षमताको जलविद्युत परियोजना विकास गरिरहेको छ। यसको प्रतिमेगावाट लागत १७ करोड ४८ लाख रुपैयाँ अनुमान गरिएको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया