नुवाकोटका शिक्षहरुलाई आन्दोनमा हाजिर हुन प्रअहरुको अनुरोध

विदुर खबर २०८० असोज ३ गते २१:४५

नुवाकोट । नुवाकोटका शिक्षकहरुलाई आन्दोलनमा हाजिर हुन विभिन्न विद्यालयका प्रअहरुले अनुरोध गरेका छन् ।

Advertisement

जिल्लाका विभिन्न सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि विद्यालय बन्द गरी विद्यालय शिक्षा विधेयक, २०८० विरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

विभिन्न पालिकाका अध्यक्षहरुले विद्यालय बन्द नगर्न आग्रह गरेको केही समयपछिसामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको विज्ञप्ति सार्वजनिक भएको हो । प्रधानाध्यापकहरूले सबै शिक्षकहरूलाई आन्दोलनमा नियमित हाजिर हुन भनिएको छ ।

Advertisement

आन्दोलनमा हाजिर नभएमा सहभागि नभएको शिक्षकको बिदा कटौती गर्ने र दैनिक एक हजार रुपैयाँ जरिमाना समेत तोकिएको एक शिक्षकले विदुर खबरलाई जानकारी दिए ।

’शिक्षा विधेयक खारेजीका लागि नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन गरी देशैभरीका विद्यालय अनिश्चित रूपमा बन्द गरी सशक्त आन्दोलनमा जाने भनि सुरु गरेको कार्यक्रमहरूलाई समर्थन गर्दै अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गर्न भनिएको छ ।

Advertisement

आन्दोलनका क्रममा विद्यार्थीमा पर्ने शैक्षिक क्षतिको पूर्ति आगामी दिनमा बिदाका दिन पठनपाठन गरेर गरिने पनि विज्ञप्तिमा उल्लेख छ । सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले विद्यार्थीको पठनपाठनमा अवरोध नपु¥याउन आग्रह गरेका छन् ।

उनले शिक्षकले स्कुल बन्द गरेर पठनपाठन मा अवरोध पु¥याउनेहरूललाई कानुनअनुसार कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया