सुर्यगढीले विद्यालय बन्द गरेर आन्दोलनमा हिड्ने शिक्षकलाई कारवाही गर्ने

विदुर खबर २०८० असोज ३ गते १५:०५

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकाले विद्यालय बन्द गरेर आन्दोलनमा हिड्ने शिक्षकलाई कारवाही गर्ने बताएको छ ।

Advertisement

बुधवार गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले एक विज्ञप्ती जारी गर्दे शिक्षकहरुले आन्दोलनमा जाने भन्दै विद्यालय बन्द गरे कारवाही हुने बताएका हुन् । सरकारले विद्यालय बन्द नगर्न र छलफलद्वारा समस्या समाधानको लागि अपिल गरिरहेको अवस्थामा सूर्यगढीका विभिन्न विद्यालयका प्रध्यानाअध्यापकहरू र शिक्षकका संघ संगठनहरूले जारी गरेको विद्यालय बन्द गर्ने सूचनाहरू प्रति गाउँपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । विद्यालय नै बन्द गरेर आन्दोलनमा गए कारवाही गरिनेछ विज्ञप्तीमा भनिएको छ ।

विद्यालय बन्द गर्नुले बालबालिकाको संविधान प्रदत्त शिक्षा प्राप्त गर्ने मौलिक हक हनन् हुने हुँदा यस पालिका भित्रका सम्पूर्ण विद्यालय बन्द नगर्न नगराउनहुन सम्बद्ध सबै पक्षमा अनुरोध छ ।

                             सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घलेले जारी गर्नुभएको विज्ञप्ती ।

Advertisement

लोकतन्त्रमा ट्रेड यूनियनको भूमिका र पेशागत हक ÷ अधिकारको सम्मान गर्दै बालबालिकाको आधारभूत शिक्षा प्राप्त गर्ने मौलिक हक र मानव अधिकारको हनन् हुने गरी अनिश्चितकालीन विद्यालय बन्द गर्न खोज्नु अशोभनीय कार्य नगर्न समेत अध्यक्ष घलेले आग्रह गरेका छन् ।

आफ्नो अधिकारको नाममा अरू (बालबालिका) को अधिकार हनन हुन जाने हुँदा समाजलाई नै शिक्षाको ज्योति दिई शिक्षा मार्फत सबैमा न्याय र अधिकार कायम गराउने शिक्षकहरूले नै विद्यालय बन्द गर्नु उचित हुँदैन ।

Advertisement

संविधान, ऐन र कानुन भित्र रहेर जुनसुकै विवादहरुको समाधान सम्बाद र छलफलबाट नै प्राप्त गर्न सकिने तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं । अन्ततः कुनै पनि बाहानामा विद्यालय बन्द गर्ने कार्य कोहि कसैबाट हुन नहुने र विद्यालय बन्द गरिएमा कानुन बमोजिम भईजाने व्यहोरा अवगत गराउँदछौं विज्ञप्तीमा भनिएको छ ।

गाउँपालिकाले विद्यालय बन्द भएमा प्रधानाध्यापक र विद्यालयमा हाजिर नहुने शिक्षकहरुलाई कारवाही गर्ने निर्णय गरेको हो । विद्यालय अनुगमन गर्ने क्रममा विद्यालय बन्द भएको पाइएमा कारवाही गरिने गाउँपालिकाका अध्यक्ष घलेले जानकारी दिए ।

प्रतिक्रिया