हाथवे इन्भेष्टमेन्टको आईपीओ आज बाँडफाँट हुँदै
नुवाकोट । हाथवे इन्भेष्टमेन्ट कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओको बाँडफाँट आज हुने भएको छ ।
आईपीओको बाँडफाँट आजै बिहान ९ बजे हुने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट हुनेछ ।
आईपीओमा ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयरका लागि आवेदन परेको छ । कम्पनीले भदौ २१ देखि २५ गतेसम्म १४ करोड ६२ लाख ५० हजार रुपैयाँको आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारी, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोष, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको थियो ।
बाँकी रहेको २४ लाख २७ हजार ७५० कित्ताका सर्वसाधारणलाई निष्कासन गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया