बागमती प्रदेश सभा आज बैठक बस्दै
विदुर खबर
२०८० भदौ ३० गते ८:५४
नुवाकोट । बागमती प्रदेश सभा बैठक बस्दैछ ।
शुक्रबारका लागि तय भएको बैठक अन्तिम समयमा स्थगित भए पछि सो बैठक शनिबार बस्न लागेको हो ।
प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाको सो बैठक बिहान ११ः०० बजे बस्ने छ । प्रदेशसभा सचिवालयका अनुसार आजको बैठकमा विशेष समयलाई कार्यसूचीमा राखिएको छ भने सोही बैठकवाट प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ ।
प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो । चालु आर्थिक बर्षको बजेटमा सत्तापक्ष र प्रतिपक्ष बिचमा सहमति हुन नसक्दा बागमती प्रदेशको प्रदेश सभा बैठक पछिल्लो समयमा प्रभावित हुदैँ आएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेटमा यसअघि भएको सहमति सरकार र सत्तारुढ दलले अस्विकार गरे पछि प्रदेश सभा बैठकमा सञ्चालन सहज तरिकाले हुन अझै सकेको छैन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते
मध्य अमेरिकामा शक्तिशाली आँधी र वर्षाको चेतावनी
विश्वकप लिग-२ : नेपालले स्कटल्याण्डसँग खेल्दै
आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना
विदुरकी तामाङ सुन्धारा कारागारबाट मध्यराति फरार





प्रतिक्रिया