शिक्षकको काम राजनीति गर्ने हैन : अध्यक्ष अधिकारी

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले शिक्षकहरुले राजनीति गर्न नहुने बताएका छन् ।
विदुर खबरसँग कुराकानी गर्दै अधिकारीले शिक्षकको काम राजनीति गर्ने नभई पढाउने काम मात्र गर्न आग्रह गरेका छन् ।
गाउँपलिकाले गरेको शिक्षक काज सरुवाको निर्णयविरुद्ध आन्दोलनमा उत्रेका शिक्षकहरुतर्फ ईङ्गित गर्दै उनले गाउँपालिकाले खटाएको स्थानमा गएर पढाउन शिक्षकहरुलाई निर्देशन दिएका छन् । शिक्षकहरुको काम पालिकाले खटाएको ठाउँमा गएर पढाउने हो, उनले भने ।
अध्यक्ष अधिकारीले शिक्षकहरुको सरुवा गर्दा पालिकाले शैक्षिक योग्यता, विषय र कार्य कार्यक्षमता हेरिएको बताए । उनले पालिकाले गरेको शिक्षकहरुको सरुवा कार्यान्वयन गर्नेमा आफू दृढ रहेको समेत बताएका छन् ।
विशुद्ध शैक्षिक सुधारको उद्देश्यले गरिएको सरुवालाई लिएर अनावश्यक र भ्रामक प्रचारबाजी गरिएको भन्दै अध्यक्ष अधिकारीले शैक्षिक क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराख्न सबै पक्षलाई समेत आग्र गरेका छन् ।
गतसाता गाउँपालिकाले पालिकाभित्रका ८६ जना शिक्षकहरुको काज सरुवा गरेको थियो तर सरुवाप्रति असन्तुष्टि जनाउँदै विभिन्न पार्टी निकटका शिक्षक सङ्गठनहरूले पालिकाको निर्णय नमान्ने भन्दै गाउँपालिकामा आईतवारदेखि धर्ना दिइरहेका छन् ।
परीक्षणका रूपमा पहिलो चरणमा ८६ जना शिक्षकहरुको सरुवा गरिएको भन्दै अध्यक्ष अधिकारीले यसको प्रभाव र नतिजा हेरेर अर्काे चरणमा सरुवा कार्यक्रम अघि बढाउने समेत जानकारी दिए ।
अध्यक्ष अधिकारीले गाउँपालिकाको अध्यक्ष निर्वाचित भए देखिनै पालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको लागि भन्दै विभिन्न कार्यक्रम ल्याइरहेका छन् । उनले सामाजिक संजाल फेसबुकमा पालिकाको विषयमा विभिन्न भ्रामक सुचना सम्प्रेषण गरेको भन्दै नियम कानुन नमिलेको भए सम्बनिधत निकायमा जान समेत आग्रह गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया