तारकेश्वर गाउँपालिकामा ३ वटा स्वास्थ्य केन्द्र विस्तार हुँदै

विदुर खबर २०८० भदौ २४ गते १७:०७

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकामा ३ वटा स्वास्थ्य केन्द्र विस्तार हुने भएको छ ।

Advertisement

गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले गाउँपालिकाभित्र तत्काल ३ वटा स्वास्थ्य केन्द्र विस्तार गर्ने बताएका छन् । गत साता आयोजित पालिकास्तरीय वार्षिक समीक्षा तथा गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले वडा नम्बर १ को लर्केप, वडा नम्बर २ को माझीगाउँ र वडा नम्बर ६ को डाँडाखर्कमा स्वास्थ्य केन्द्र विस्तार गर्ने बताए ।

स्वास्थ्यको गुणस्तर बढाउन र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लगनशील भएर जनगुनासो नआउने गरी काम गर्न गाउँपालिका अध्यक्ष अधिकारीले स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिए । उनले कामको गुणस्तरमा सम्झौता नगर्ने बताउँदै गुण र दोषका आधारमा मूल्याङ्कन गरी प्रोत्साहन र कारबाहीको प्रक्रिया निरन्तर अघि बढाउने उल्लेख गरे ।

Advertisement

अधिकारीले अत्यावश्यकीय सेवा भएकाले सकेसम्म बिदा नबस्न र बस्नै परे अनिवार्य रूपमा गाउँपालिकाको स्वास्थ्य शाखाबाट स्वीकृत गराउन पनि उनले निर्देशन दिए ।

अध्यक्ष अधिकारीले खाली भएका पदहरूमा तुरुन्तै स्वास्थ्यकर्मीको पदपूर्ति गर्न स्वास्थ्य शाखालाई निर्देशन समेत दिएका छन । स्वास्थ्य सेवामा स्रोतको अभाव हुन नदिने प्रतिबद्धता जनाउँदै उनले निर्धक्क भएर गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे ।

Advertisement

प्रतिक्रिया