नुवाकोटको बुद्धभूमि हाइड्रोपावरले एक करोड नाफा कमायो
नुवाकोट । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ४६ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा कम्पनीले ८ करोड ३६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीलाई यही अवधिमा १ करोड ४६ लाख रुपैयाँ सञ्चालन घाटा भएको थियो।
चौथो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११०८.२० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ३६ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो।
चुक्तापुँजी ४० करोड रुपैयाँ रहेको कम्पनी रिटेन्ड अर्निङ भने ४ करोड ९२ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष पनि रिटेन्ड अर्निङ ६ करोड ७१ लाख रुपैयाँले ऋणात्मक थियो।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २.७८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिमा ईपीएस ३.५४ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो १२०.५८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ९१.०२ गुणा रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया