मेरो माइक्रोफाइनान्सको सीईओमा पुन : दाहाल

विदुर खबर २०८० भदौ ९ गते १३:४८

नुवाकोट । नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रामहरि दाहाल नियुक्त भएका छन् ।

Advertisement

लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको बैठकले दाहाललाई पुनः सीईओमा नियुक्त गरेको हो ।

सीईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ । उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले पुन ४ वर्षका लागि कार्यकाल थप गरेको हो ।

Advertisement

उनको आगामी कार्यकाल असोज १ गतेदेखि लागू हुनेछ ।

 

Advertisement

प्रतिक्रिया